बैंकर्स क्लब डोटीद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

डोटी — बैंकिङ क्षेत्रका पेशागत अभिवृद्धि तथा अनुभव साटासाट गर्ने उद्देश्यसहित बैंकर्स क्लब डोटीको आयोजनामा शनिबार एक स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आज पिपल्ला स्थित होटल बर्षामा सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वप्रवक्ता, अर्थविद् तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्ट प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो।

उक्त कार्यक्रममा डोटी जिल्लाभित्र क्रियाशील सम्पूर्ण बैंक शाखा प्रबन्धकहरू, विभिन्न बैंकका कर्मचारीहरू, नेपाल राष्ट्र बैंकका निर्देशक मेघनाथ तिमिल्सिनासहित गभर्नर कार्यालयबाट सहभागी अन्य तीनजना कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

जिल्ला वन डोटी

कार्यक्रमको सञ्चालन बैंकर्स क्लब डोटीका उपाध्यक्ष तथा कुमारी बैंकका कर्मचारी सुरेन्द्र प्रसाद जोशीले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्लबका सहसचिव तथा एभरेष्ट बैंकका शाखा प्रबन्धक लोकेश जोशीले व्यक्त गर्नुभएको थियो।

प्रमुख अतिथि डा. भट्टले राष्ट्र बैंकको नीतिगत मार्गदर्शन, क्षेत्रीय आर्थिक सन्तुलन, समसामयिक बैंकिङ चुनौती तथा अवसरका विषयमा उपयोगी विचार प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता क्लब अध्यक्ष तथा एनआईसी एशिया बैंक डिपायल शाखाका प्रबन्धक रमेश ओझाले गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यतर्फ बैंकर्स क्लब डोटीको तर्फबाट प्रमुख अतिथि डा. भट्टलाई खादा, माला, सम्मानपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। साथै नेपाल राष्ट्र बैंकका अन्य सहभागी कर्मचारीहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.