डोटी शाखामा १७ वर्ष सेवा दिएर सरुवा भएका नवराज पण्डितको बिदाइ

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

डोटी – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड डोटी शाखाका प्रबन्धक नवराज पण्डितको सरुवा भएसँगै शाखाले मंगलबार एक विशेष कार्यक्रमको आयोजना गर्दै उहाँलाई औपचारिक रूपमा बिदाइ गरेको छ।

पण्डित कम्पनी स्थापना कालदेखि नै डोटी शाखामा कार्यरत रहनुभएको थियो। करिब १७ वर्ष लामो सेवा पश्चात उहाँको सरुवा हाल टीकापुर शाखातर्फ गरिएको हो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

बिदाइ कार्यक्रममा शाखाका कर्मचारी, वरिष्ठ एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता तथा बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा प्रबन्धक पण्डित निकै भावुक देखिनु भएको थियो। उहाँले डोटीमा बिताएका १७ वर्ष आफ्नो जीवनको अविस्मरणीय समय भएको उल्लेख गर्दै भन्नुभयो, “मैले डोटीका हरेक चुलोचुलोसम्म चिन्ने मौका पाएँ। यहाँको जनताको माया र सहयोग अमूल्य छ। आगामी दिनहरूमा पनि म त्यही माया र साथको अपेक्षा राख्छु।”

साथै, उहाँले शाखाका अभिकर्ताहरुलाई डोटी शाखाको प्रतिष्ठा र गरिमा यथावत् राख्न आग्रह गर्दै निरन्तर इमान्दारिता र समर्पणका साथ काम गर्न प्रेरित गर्नुभयो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.