
बोगटान फुड्सिल गाउँपालिका, दिपायल – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बोगटान फुड्सिल गाउँपालिका संगठन समितिको अध्यक्षमा देवबहादुर बोहराको नेतृत्वमा नयाँ समिति चयन गरिएको छ। पार्टीको पालिका सम्मेलनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको हो।

नवनिर्वाचित ४५ सदस्यीय समितिमा उपाध्यक्षहरू चन्द्रा भुल, कल्पना कामी, र चेतबहादुर धामी छन्। सचिवको जिम्मेवारी केशवबहादुर गडसिलाले पाएका छन् भने सह–सचिवमा बाला सिं मिजार र कोषाध्यक्षमा निर्मला चन्द चयन भएका छन्।

पूर्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बोगटान फुड्सिल गाउँपालिका संगठन समितिका अध्यक्ष रहेका देवबहादुर बोहरा यसपटक पनि सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन्।
माओवादी केन्द्रको प्रभाव रहेको यस पालिकामा सर्वसम्मतिको आधारमा नेतृत्व चयन गरिएको माओवादी केन्द्रका प्रदेश समिति सदस्य प्रेम कुँवर ‘प्रख्यात’ले जानकारी दिए।



