के.आई. सिंह गाउँपालिकामा माओवादी केन्द्रको दोस्रो पालिका अधिवेशन सम्पन्न

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

डोटी जिल्लाको के.आई. सिंह गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पार्टी सुदृढीकरण र संगठन विस्तारमा महत्वपूर्ण निर्णय गरेको छ।

जिल्ला वन डोटी

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले नवप्रवेशीहरूलाई औपचारिक स्वागत गर्दै माओवादी केन्द्रको नेतृत्वमा देशको रूपान्तरण र समृद्धि सम्भव रहेको धारणा राखे। उनका अनुसार गाउँपालिकास्तरमा पार्टीको बलियो संगठनले विकास र परिवर्तनको मार्ग प्रशस्त गर्नेछ।

पोषण खाजा सम्बन्धि सन्देश

स्थानीय नेता खगेन्द्र जोशीको नेतृत्वमा विभिन्न राजनीतिक दलहरू— नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा समाजवादी, र राष्ट्रिय जनमोर्चा परित्याग गरी ११० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूले माओवादी केन्द्रको सिद्धान्त र नीतिहरूप्रति विश्वास प्रकट गर्दै पार्टीको अभियानमा सक्रिय सहभागीता जनाउने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा विशिष्ट अतिथिहरू प्रदेश सांसद शिव सिंह ओली, प्रदेश सह – सचिव केशव नाथ योगी, प्रदेश सदस्य मिन मलासी, र नरेन्द्र बलायरको उपस्थिति रहेको थियो। पालिका अध्यक्ष दिलिप कठायतले यस अधिवेशनले माओवादी केन्द्रको संगठनलाई गाउँपालिका स्तरमा थप प्रभावकारी बनाएको र राजनीतिक रूपान्तरणका लागि नयाँ ऊर्जा सिर्जना गरेको बताए।अधिवेशनले स्थानीय स्तरमा विकास र समृद्धिका लागि समन्वयात्मक र एकीकृत प्रयास आवश्यक रहेको निष्कर्ष निकालेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.