राष्ट्रिय प्रजातन्त्र पार्टी डोटीद्वारा ३०३औं पृथ्वी जयन्तीमा विभिन्न कार्यक्रमको आयोजना

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी डोटीले आज ३०३औं पृथ्वी जयन्तीको अवसरमा दिपायलमा भव्य र्‍याली आयोजना गरेको छ। पार्टीका अध्यक्ष कर्णबहादुर द्वारीयाले पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै र्‍याली बाजागाजा सहित निकालिएको जानकारी दिएका छन्।

जिल्ला वन डोटी

देशभर एकैसाथ पृथ्वी जयन्ती मनाउने अभियानअन्तर्गत डोटीमा पनि विशेष कार्यक्रम गरिएको हो। पृथ्वीनारायण शाहले २२ देखि २४ साना राजाहरूलाई एकीकरण गरी नेपाललाई संगठित राष्ट्रका रूपमा स्थापना गरेको ऐतिहासिक योगदानको सम्मानमा यो दिवस मनाइने गरिएको अध्यक्ष कर्णबहादुर द्वारीयाले बताए ।

पोषण खाजा सम्बन्धि सन्देश

गत वर्षहरूमा नागरिक समाजले पृथ्वी जयन्ती मनाउँदै आए पनि यस वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति डोटीले एकता दिवसका रूपमा पृथ्वी जयन्तीको आयोजना गर्यो। पार्टीको नेतृत्वमा भएको यो आयोजनाले पृथ्वीनारायण शाहको एकीकरण प्रयासको महत्त्वलाई पुनः उजागर गरेको छ।

कार्यक्रममा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। बाजागाजासहित निकालिएको र्‍यालीले पृथ्वीनारायण शाहको ऐतिहासिक योगदान र राष्ट्रिय एकताको महत्त्वलाई जनमानसमा प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.