नेपाल दलित संघ सुदूरपश्चिम अध्यक्षमा रमेश ताम्राकार मनोनीत

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

नेपाल दलित संघका केन्द्रीय अध्यक्ष लोक बहादुर विश्वकर्माले संघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा कैलालीका रमेश ताम्राकारलाई मनोनयन गरेका छन्। ताम्राकारलाई संघको विधानअनुसार मनोनयन गरिएको हो।

जिल्ला वन डोटी

ताम्राकार नेपाली कांग्रेसका पूर्व क्षेत्रीय कोषाध्यक्ष हुन् र लामो समयदेखि दलित समुदायको हक-अधिकार र संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। अध्यक्ष विश्वकर्माले ताम्राकारको नेतृत्वमा संघले सुदूरपश्चिम प्रदेशमा संगठन विस्तार गर्दै दलित समुदायको सर्वाङ्गीण विकासमा प्रभावकारी योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

ताम्राकार नेपाल दलित संघको पूर्व केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधिका रूपमा पनि काम गरिसकेका छन्। साथै, उनी नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन्।

ताम्राकारको राजनीतिक यात्रा दलित समुदायको हकहित र नेपाली कांग्रेसको संगठनलाई सुदृढ बनाउन महत्वपूर्ण रहँदै आएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.