
नेपालले अचार निर्यातमा उल्लेखनीय सफलता हासिल गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र नेपालले ९ करोड ८५ लाख ८१ हजार रुपैयाँको अचार विदेश निर्यात गरेको छ। भन्सार विभागका तथ्यांकअनुसार, यो अवधिमा १ लाख १३ हजार ३३७ किलो अचार १० वटा देशमा पठाइएको छ।

विशेष गरी अस्ट्रेलिया, बेलजियम, क्यानडा, डेनमार्क, इटली, जापान, कोरिया, मलेसिया, युनाइटेड किङडम र युनाइटेड स्टेट्सजस्ता मुलुकमा नेपाली अचारको माग छ। सबैभन्दा धेरै अचार अस्ट्रेलियामा निर्यात भएको छ। अस्ट्रेलियामा ३६ हजार किलो अचार पठाउँदा ३ करोड ७ लाख रुपैयाँ आम्दानी भएको छ।

त्यस्तै, बेलजियममा ६४ लाख ८६ हजार, क्यानडामा ४० लाख ८८ हजार, डेनमार्कमा १६ लाख ९६ हजार, इटलीमा १ करोड ६४ लाख, जापानमा ६९ लाख ४६ हजार, कोरियामा ७६ लाख ९८ हजार, मलेसियामा १९ लाख २९ हजार, युनाइटेड किङडममा २० लाख ८ हजार र युनाइटेड स्टेट्समा २ करोड ५ लाख रुपैयाँ बराबरको अचार निर्यात भएको छ।
नेपाली अचारको गुणस्तर र स्वादका कारण अन्तर्राष्ट्रिय बजारमा यसको माग दिनप्रतिदिन बढिरहेको छ। यो निर्यातले देशको कृषि क्षेत्र र व्यवसायमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।



