एच.पि.भि. खोप अभियान सम्बन्धी जोरायलमा पालिकास्तरीय खोप समन्वय समिती र सरोकारवालाको अभिमुखिकरण सम्पन्न

मन्त्रालय सन्देश १

डोटी- रास्ट्रव्यापि रुपमा माघ २२ देखि फाल्गुन ६ सम्म सञ्चालन हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान जोरायल गाउँपालिकामा माघ २२ देखि माघ २८ गतेसम्म सञ्चालन हुने भएको छ। यो अभियान विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरी लक्षित छ।

जोरायल गाउँपालिकामा ३१ वटा खोप केन्द्र र स्वास्थ्य संस्थाबाट खोप सेवा दिइने छ। आइतबार सम्पन्न पालिका स्तरीय सरोकारवालाको अभिमुखीकरण कार्यक्रममा जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, विभिन्न कार्यालयका प्रमुख, विद्यालयका प्रधानाध्यापक, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, पत्रकार, विद्यार्थी, सुरक्षाकर्मी र सरोकारवालाहरूको उपस्थिति थियो।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोविन्द बहादुर बिष्टले अभियानको लक्ष्य र तथ्यांकबारे जानकारी दिँदै डोटी जिल्लामा ११ हजार किशोरीलाई खोप दिने लक्ष्य राखिएको र जोरायल गाउँपालिकामा ११ सय किशोरीलाई खोप दिने योजना रहेको बताए। उनका अनुसार नेपालमा हरेक वर्ष औसतमा २२ सय महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्ने र यस रोगका कारण दैनिक चार महिलाको मृत्यु हुने तथ्यांक रहेको छ।

जिल्ला वन डोटी

स्वास्थ्य शाखा प्रमुखले HPV का २०० भन्दा बढी प्रजाति रहेको र सो मध्य HPV का १६ र १८ प्रजातिका ले क्यान्सर गराउने बताए । यसको रोकथामका उपायहरूमा पहिलो चरणमा खोप, दोस्रो चरणमा ३० देखि ४९ वर्ष उमेरका महिलाको पाठेघरको जाँच, र तेस्रो चरणमा उपचार गर्ने विधि समावेश रहेको जानकारी दिए। उनका अनुसार खोप ९८ देखि १०० प्रतिशतसम्म सुरक्षित रहेको र एक पटक मात्र लगाउन पर्याप्त हुन्छ।

गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि यो खोप अभियानले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउँदै अभियान सफल बनाउन सबै सरोकारवालाले सहकार्य गर्नुपर्नेमा जोड दिए। उनले भने, “हामीले लक्षित समूहका सबै बालिकाहरूलाई खोपको पहुँच पुर्‍याउन विशेष ध्यान दिनुपर्छ।”

कार्यक्रमकी विशिष्ट अतिथि उपाध्यक्ष जमुना बोहराले यो अभियानले आगामी पुस्ताका किशोरीहरूको स्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गर्दै सबैले खोप अभियानमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिइन्। उनले भनिन्, “यो खोप अभियान सफल बनाउनका लागि कुनै पनि किशोरी छुट्न नहुने गरी सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।”

नेपालमा पहिलोपटक २०७३/०७४ मा चितवन र कास्की जिल्लामा यस खोप अभियानको परीक्षण गरिएको थियो। यो खोप अभियानलाई सफल बनाउन जोरायल गाउँपालिकाले माघ २२ देखि २८ गतेसम्म सक्रिय रूपमा सञ्चालन गर्ने योजना बनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.