जोरायल–३ पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा, सुत्केरी आमालाई ‘उपाध्यक्ष कोसेली’ वितरण

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी — जोरायल गाउँपालिका वडा नं. ०३ अन्तर्गत रहेको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र मा आज शुक्रबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रम तथा सुत्केरी आमाहरुलाई “उपाध्यक्ष कोसेली” वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जमुनाकुमारी बोहरा को विशेष सहभागिता रहेको थियो। उपाध्यक्ष बोहराले “उपाध्यक्ष कोसेली कार्यक्रम” अन्तर्गत सुत्केरी आमाहरुलाई आवश्यक सामग्री वितरण गर्दै मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि गाउँपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमहरू प्रभावकारी बन्दै गएको बताउनुभयो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

यससँगै जोरायल गाउँपालिका वडा नं. ३ पालिकाकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्न सफल भएको छ। कार्यक्रममा बोल्ने वक्ताहरूले बालबालिकालाई नियमित खोप सुनिश्चित गर्न समुदायस्तरमा भएको सहकार्य र सक्रियताको प्रशंसा गरेका थिए।

पूर्णखोप सुनिश्चितता अभियान सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, खोप कार्यकर्ता, स्वास्थ्यकर्मी तथा वडा खोप समन्वय समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई कार्यक्रममा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरिएको थियो।

गाउँपालिकाले आगामी दिनमा पनि खोप कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउँदै मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.