सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ३० गते विश्वासको मत लिने

पुन्ना तालिम केन्द्र

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते बुधबार विश्वासको मत लिने भएका छन्।मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने भन्दै संसद बैठकका लागि सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन्।विश्वासको मत लिने कार्यक्रम तय गरि  बुधबार दिउसो ३ बजेका लागि संसद बैठक आह्वान गरिएको सभामुख भण्डारीले बताए। संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री नियुक्त भएको दिनदेखि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

 

 

जिल्ला वन डोटी

मुख्यमन्त्री शाह साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए। ५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १८, एमालेका ११ गरेर २९ प्रदेश सभा सदस्यको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेशमा बहुमतका लागि चाहिने संख्या २७ हो। तर नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा गएको छ। नागरिक उन्मुक्तिबाट लक्ष्मणकिशोर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका छन्।

 

 

मुख्यमन्त्रीको सचिवालयले नागरिक उन्मुक्तिका ७ जनाले पनि विश्वासको मत दिने जनाएको छ। नागरिक उन्मुक्तिका ७ जनाले विश्वासको पक्षमा मत हाले शाहसँग ३४ जनाको समर्थन हुनेछ। यो भनेको संसदको झण्डै दुई तिहाईको नजिक हो। ५३ सदस्यीय प्रदेश सभामा ३६ को संख्या दुइ तिहाइ हो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.