जोरायल गाउँपालिका वडा नं. ४ मा माघ २२ देखि २५ सम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

 

डोटी- डोटीको जोरायल गाउँपालिका ४ लक्ष्मीनगर स्वास्थ्य चौकीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोपको रास्ट्रीय अभियान अन्तर्गत सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, पत्रकार, कर्मचारी, र अन्य स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।

जिल्ला वन डोटी

लक्ष्मीनगर स्वास्थ्य चौकी अहेव धनबहादुर बोहराले रास्ट्रब्यापी रुपमा माघ २२ देखि फाल्गुन ६ सम्म खोप अभियान भएको बताउँदै जोरायल गाउँपालिका वडा नम्बर ४ भित्र माघ २२ देखि २५ सम्म २७० जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको जानकारी दिनुभयो। उहाँका अनुसार, कक्षा ६ देखि १० सम्मका विद्यार्थी र विद्यालय नगएका १० देखि १४ वर्ष उमेरका किशोरीलाई निःशुल्क खोप उपलब्ध गराइनेछ।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रममा खोप अभियानका खोप तालिका सार्वजनिक गरिएको थियो ।जस अनुसार माघ २२ गते जगदम्बा आधारभूत विद्यालय छेपन्ना र महासरस्वती मावि देउथलामा खोप लगाइनेछ भने माघ २३ गते घण्टेश्वर मा वि कुँडिकोटमा खोप अभियान सञ्चालन हुनेछ। माघ २४ गते खैगाड आधारभूत विद्यालय खैगाड र मालिका आधारभूत विद्यालय बाजिलेकमा खोप लगाइने छ । अन्तिम दिन माघ २५ गते लक्ष्मीनगर स्वास्थ्य चौकीमा खोप अभियान सञ्चालन गरिने छ।

कार्यक्रममा खोप अभियानको महत्त्व र सुरक्षितताको बारेमा जानकारी दिँदै, यो खोप अभियानले किशोरीहरूको स्वास्थ्य संरक्षणमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। खोप समन्वय समितिको पहलमा सञ्चालन हुने यो अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवालाहरूलाई सहयोग गर्न आग्रह गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.