
डोटी, माघ १९ – प्रेस चौतारी नेपाल डोटीको पाँचौँ जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ, जसको अध्यक्षतामा प्रेम नेपाली निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिमा तेज बहादुर (तेजु) ओली उपाध्यक्ष, सुनिता धामी महिला उपाध्यक्ष, राम कुन्जेडा सचिव, बसन्ती भट्ट कोषाध्यक्ष, बिमल रोकाया र रेखा दर्लामी सह-सचिव चयन भएका छन्। त्यसैगरी लक्ष्मी नेपाली, विकास राई, पाल्मु तामाङ र विष्णु कोली सदस्यका रूपमा चयन भएका छन्।


प्रदेश प्रतिनिधि रूपमा सुनिता धामी र विष्णु कोली चयन भएका छन् भने केन्द्रीय प्रतिनिधि मा सरस्वती साउद र शिव बहादुर ओली निर्वाचित भएका छन्।
नव निर्वाचित अध्यक्ष प्रेम नेपालीले जिम्मेवारीको सम्मान गर्दै पत्रकारिता क्षेत्रको सशक्तीकरणका लागि सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारहरूको हकहित तथा संगठनको सशक्तीकरणमा नयाँ कार्यसमिति क्रियाशील रहने बताए।
प्रेस चौतारी नेपाल डोटीले अधिवेशन सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।



