जोरायल गाउँपालिकामा एचपिभी खोप अभियान सुरू, किशोरीलाई अनिवार्य खोप लगाउन आग्रह

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी । आज मंगलबार देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान सुरू भएको छ। यसैक्रममा डोटीको जोरायल गाउँपालिकामा पनि खोप लगाउन थालिएको छ।

गाउँपालिकाका विभिन्न खोप केन्द्रहरूमा आजदेखि खोप अभियान सञ्चालन भएको छ। जोरायल गाउँपालिका–३, रावतकट्टेस्थित रत्न आधारभूत विद्यालय खोप केन्द्रमा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जमुना बोहराले औपचारिक रूपमा खोप अभियानको उद्घाटन गर्नुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट,वडा अध्यक्ष नवीन ओझा, स्वास्थ्य शाखा प्रमुख गोबिन्द बिष्ट, स्वास्थ्यकर्मी, विद्यार्थी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

गाउँपालिकाका स्वास्थ्य शाखाका अनुसार, आज जोरायल गाउँपालिकाका सबै ६ वटै वडाका विभिन्न खोप केन्द्रहरूमा खोप लगाइएको छ। अभियान यही माघ २८ गतेसम्म सञ्चालन हुनेछ। स्वास्थ्य शाखाले आफ्नो वडाको तोकिएको मिति र स्थानमा गई निःशुल्क खोप लगाउन आग्रह गरेको छ। विधालय जाने कक्षा ६ देखि १० र विधालय नजाने १० देखि १४ बर्ष उमेरका सम्पुर्ण छात्रा तथा किशोरीलाई पाएक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरिएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बोहराले खोप अभियान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै किशोरीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गर्नुभयो। साथै, गाउँपालिकाले स्वास्थ्य सेवा पहुँच बढाउन निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै खोप अभियानकै क्रममा आज पहिलो दिन डोटीका ९ ओटै स्थानीयतहमा समेत अभियान संचालन भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कुल ११ हजार ४ सय ८७ जनालाई खोप लगाउने लक्ष्य राखेको स्वास्थ्य कार्यालयले आज ४ हजार ७ सय ९४ जनालाई खोप लगाएको छ ।त्यस्तै जोरायल गाउँपालिकाको १ हजार ९७ जनालाई खोप लगाउने लक्ष्य भए अनुसार आज १ सय ४५ जनालाई खोप लगाएको जनाएको छ ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.