नेकपा (एमाले ) सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद मल्ल चयन

पुन्ना तालिम केन्द्र

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्र बहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन्।
मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

जिल्ला वन डोटी

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्र बहादुर पाल र सचेतकमा निर्मला देवी साउद रहेका थिए।

पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउद सोहीँ मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकाले प्रमुख सचेतक र सचेतक हेरफेर गरिएको संसदीय दलका नेता रावलले जानकारी दिए।

प्रमुख सचेतकमा चयन भएका मल्ल डोटीको प्रदेश सभा (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए। बम बैतडीबाट समानुपातिक सांसद हुन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.