डोटीको ६५ वटै वडामा एमाले द्वारा गणतन्त्रको पक्षमा जनचेतना कार्यक्रम सम्पन्न

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

 

डोटी – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको निर्देशन अनुसार डोटी जिल्लाका ६५ वटै वडामा संबिधानको रक्षा र गणतन्त्रको समर्थनमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नागरिकलाई गणतन्त्रको महत्व, लोकतान्त्रिक मूल्यहरू, नागरिक अधिकार, र संविधानको रक्षा सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

 

 

पोषण खाजा सम्बन्धि सन्देश

 

जिल्ला वन डोटी

 

एमाले डोटी जिल्ला कमिटीका सचिव पदमराज भट्टका अनुसार केन्द्रीय कमिटीको निर्णयअनुसार गणतन्त्रको सुदृढीकरण, लोकतान्त्रिक शासन व्यवस्थाको रक्षा, र जनताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले जनचेतना अभियान सञ्चालन गरिएको हो। उनले भने, “गणतन्त्रलाई थप संस्थागत गर्नका लागि जनता स्वयं सचेत हुनु जरुरी छ। एमालेले सधैं लोकतन्त्र र जनताको अधिकारको रक्षा गर्दै आएको छ, यही अभियानको निरन्तरता स्वरूप देशभर यस्ता कार्यक्रमहरू सञ्चालन गरिएका हुन्।”

सचीव भट्टका अनुसार डोटीका विभिन्न वडामा सम्पन्न कार्यक्रमहरूमा स्थानीय तहका जनप्रतिनिधि, पार्टीका नेताकार्यकर्ता, समाजसेवी, बुद्धिजीवी, तथा सर्वसाधारण नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। उनले लोकतन्त्रलाई थप प्रभावकारी बनाउन यस्ता कार्यक्रमहरू अझै थप आवश्यक रहेको बताए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.