नयाँ नेतृत्व चयन गर्दै नेकपा (एमाले) जोरायल गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

डोटी, – नेकपा (एमाले) जोरायल गाउँपालिका कमिटी, डोटीको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै ३७ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ। अधिवेशनबाट चित्र भट्ट अध्यक्षमा चयन भएका छन् भने हेम मल्ल उपाध्यक्ष बनेका छन्। केशव नेपाली सचिवका रूपमा चयन भएका छन् भने खडक मल्ल र पदमा कुमारी ओली (प्रतीक्षा) उप-सचिव बनेका छन्। साथै, अन्य ३२ सदस्यहरू समेत निर्वाचित भएका एमालेले जनाएको छ। जसले गाउँपालिकास्तरीय संगठनलाई थप मजबुत बनाउने जिम्मेवारी पाएका छन्।

जिल्ला वन डोटी

अधिवेशनमा नेकपा (एमाले) का केन्द्रिय, प्रदेश तथा जिल्ला तहका नेताहरूको समेत उपस्थिति रहेको थियो। नेताहरूले पार्टी संगठनलाई अझ प्रभावकारी बनाउने, स्थानीय तहमा एमालेको सशक्त उपस्थिति कायम गर्ने र विकास निर्माणका कामलाई प्राथमिकता दिने विषयमा आफ्नो धारणा राखेका थिए। स्थानीय स्तरमा पार्टीको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले विभिन्न रणनीति तय गरिएको पाटीले जनाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

नवनिर्वाचित अध्यक्ष चित्र भट्टले पार्टी संगठनलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले स्थानीय स्तरमा एमालेको भूमिका अझै प्रभावकारी बनाउने, जनताको समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने र समग्र विकासमा जोड दिने बताए। अधिवेशनमा सहभागी नेताहरूले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.