
डोटी, – डोटी जिल्लाको सायल गाउँपालिका–६ दल्लेकमा बुधबार राति चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
स्थानीय ४० वर्षीया कमला नागरिको घरमै चट्याङ लाग्दा घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष दीपक बहादुर साउदले जानकारी दिनुभयो।

वडा अध्यक्ष साउदका अनुसार राति करिब ८:३० बजे घरमै बसिरहेकी नागरिलाई अचानक चट्याङ लागेको थियो।
उक्त समयमा घरमा कमलासहित उनका पाँच जना बालबालिका थिए। चट्याङ लाग्दा घरभित्र रहेका बालबालिकासमेत घाइते भएका छन्।
घाइते बालबालिकालाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाउने तयारी भइरहेको अध्यक्ष साउदले जानकारी दिनुभयो।


