डडेल्धुराको आलितालमा अटोको ठक्करबाट बालकको मृत्युु

पुन्ना तालिम केन्द्र

डडेल्धुरा, वैशाख २५ –डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–८ स्थित जोगबुढा–बुडर  सडक खण्डमा अटोको ठक्करबाट एक बालकको ज्यान गएको छ।

जिल्ला वन डोटी

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार, कैनघाडी बाट गोदाम बजारतर्फ हिँडिरहेका बिक्रम बिक का अन्दाजी  ४ वर्षीय छोरा विवेक बिकलाई डोटीको बुडरबाट डडेल्धुराको जोगबुडा तर्फ जाँदै गरेको  भि न पा ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिएको हो।

घाइते बालकलाई तत्काल जोगबुढा अस्पताल पुर्‍याइएको थियो। उपचारको क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। चालक भने फरार रहेको र घटनास्थलमै अटो छाडिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

घटनामा परी अटोमा सवार दुईजना यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेहरूमा  १८ वर्षीय दिपक बोहरा र ६३ वर्षीय मैना कामी रहेका छन्। दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.