डोटीमा छतबाट लडेर एक युवकको मृत्यु

पुन्ना तालिम केन्द्र

डोटी, – डोटीको जोरायल गाउँपालिका–१ गैरामा छतबाट खसेर एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा सोही ठाउँका करिब ३२ वर्षीय दीपक खड्का रहेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ।

जिल्ला वन डोटी

प्रहरीका अनुसार खड्का मंगलबार राति करिब १:३० बजे जोरायल गाउँपालिका–१ स्थित भुपेन्द्र घर्ती मगरले सञ्चालन गर्दै आएको लुम्बिनी भान्सा घर एण्ड लजको तेस्रो तल्लामाथिको छतबाट खसेका थिए। खसेपछि उनको शरीरको भित्री भागमा गम्भीर चोट लागेको थियो।

घटनापछि प्रहरी सहायक निरीक्षक पदम सिंह बडालको कमाण्डमा गएको टोलीले उनलाई तत्काल उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको थियो। तर बुधबार बिहान ५:२० बजे डडेल्धुरा अस्पतालले खड्कालाई मृत घोषणा गरेको हो।

स्रोतका अनुसार मृतक खड्काले मंगलबार दिउँसोदेखि मदिरा सेवन गरेको बुझिएको छ।घटनाको  विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.