वरिष्ठ राजनीतिज्ञ पशुपति शमशेर जबरालाई नागरिक अभिनन्दन तथा जनसम्मान

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

काठमाडौं, असार २५
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य पशुपति शमशेर जबरा नागरिक अभिनन्दन तथा जनसम्मानबाट सम्मानित भएका छन्। शुक्रबार काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित विशेष समारोहका क्रममा जबराको ८४औं जन्मोत्सवको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा उहाँलाई सम्मान गरेका हुन्।

जनसम्मान समारोहमा ५० भन्दा बढी संघसंस्थाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जबराले आफूले १२ वर्षको उमेरमै बुवालाई गुमाएको पीडा स्मरण गर्दै उहाँले देखाएको राष्ट्रसेवाको बाटो पछ्याउँदै निरन्तर देशसेवामा समर्पित रहेको बताए। विभिन्न कालखण्डमा मन्त्री भएर जनताको सेवा गरेको उल्लेख गर्दै जबराले आफ्नो वंश परम्परामा राजनीति रहेको र दरबारिया सुख–सयलबीच हुर्किए तापनि राजनीति गर्न त्यति सहज नदेखिएको स्मरण गरे।

पोषण खाजा सम्बन्धि सन्देश

“मूलुकको हरेक कुनामा पुग्ने अवसर पाएँ, जनताको सुखदुःख बुझ्ने प्रयास गरेँ,” जबराले भने, “मेरो जीवनको सबैभन्दा उर्जाशील समय राजनीति नै हो।”

जिल्ला वन डोटी

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पशुपति शमशेरलाई नेपालको राजनीतिक इतिहास बुझ्न चाहनेका लागि “ज्यूँदो विश्वविद्यालय”को संज्ञा दिए। उनले जबराले ६ दशकभन्दा बढी समय सार्वजनिक जीवनमा निरन्तर सक्रिय भूमिका निर्वाह गरेको प्रशंसा गरे।

“उहाँले पञ्चायतदेखि गणतन्त्रसम्मको राजनीतिक यात्रा पार गर्दै सदैव अग्रणी भूमिका निर्वाह गर्नुभयो,” अध्यक्ष लिङ्देनले भने।

जनसम्मान मूल समारोह समितिका अध्यक्ष नवीन शाहीले जबरालाई “ज्यूँदो इतिहास”को रुपमा वर्णन गर्दै नेपाली राजनीति, संस्कृति र राष्ट्रसेवामा पुर्‍याएको दीर्घकालीन योगदानको प्रशंसा गरे।

समारोहमा सहभागिहरुले जबराको लोकतान्त्रिक विकास, संविधानवाद, समावेशी समाज निर्माण तथा राष्ट्रिय एकता सुदृढीकरणमा पुर्‍याएको योगदान अत्यन्त मूल्यवान् रहेको बताए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.