
डोटी : जिल्लाको बडीकेदार गाउँपालिकाको मुख्य ब्यापारीक केन्द्र रहेको बिपिनगर बजारको नयाँ बजार व्यवस्थापन समिती गठन गरिएको छ ।
व्यवसायीहरूको हकहित संरक्षण तथा बजारलाई थप बनाउने उद्देश्यले बिपिनगर बजार व्यवस्थापन समिति गठन गरिएको बताएको छ ।


आज साउन १६ गते बसेको बिपिनगर बजार क्षेत्रका व्यवसायीहरूको आम भेलाले धन बहादुर केसीको नेतृत्वमा सर्वसम्मत रूपमा १३ सदस्यीय समिति गठन गरेको हो।
समितिको अध्यक्षमा धन बहादुर केसी, उपाध्यक्षमा आशीष नेपाली, सचिव मा गोविन्द बोहरा तथा कोषाध्यक्षमा हिरा बोहरा (देउबा ) चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा इश्वर बहादुर बोहरा ,टेक बहादुर पुन, दिनेश साउद , लक्ष्मी मन्नी बोहरा, कृष्ण बहादुर कलेल, भोज बहादुर देउवा, निर्मला जोशी, कल्पना खड्का र दिनेश बोहरा चयन भएका छन्।
भेलाले बिपिनगर बजारलाई व्यवस्थित, स्वच्छ, सुरक्षित तथा व्यवसायमैत्री बनाउने, बजार क्षेत्रमा हुने गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, व्यवसायीहरूबीच एकता र सहकार्य बढाउने तथा उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समिति गठन गरिएको जनाएको छ।
बिपिनगर बजार पछिल्लो समय व्यापारिक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ ।



