सेभ हाउसका बालबालिकालाई हेमा श्री फाउन्डेसनद्वारा विद्यालय पोसाक वितरण

पुन्ना तालिम केन्द्र

अत्तरिया, कैलाली,
महिला तथा बालबालिका सेभ हाउस अत्तरियामा रहेका आठ जना अनाथ तथा टुहुरा बालबालिकालाई विद्यालय पोसाक वितरण गरिएको छ।

अमेरिकालाई कर्मथलो बनाउँदै आएकी हेमा श्री फाउन्डेसन नेपालकी संस्थापक तथा केन्द्रीय अध्यक्ष मन्जु पौड्याल (हेमा श्री) को जन्मदिनको अवसरमा उक्त पोसाक वितरण गरिएको हो। फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्त बाजे र सचिव चक्रजित रावलको उपस्थितिमा पोसाक वितरण कार्यक्रम सम्पन्न गरिएको हो।

जिल्ला वन डोटी

“बुवाबाट प्राप्त प्रेरणाका कारण जन्मदिनमा हुने फजुल खर्च कटाएर केही सकारात्मक कार्य गरौँ भन्ने सोचले मैले सेभ हाउसका बालबालिकालाई विद्यालय पोसाक सहयोग गरेकी हुँ,” अध्यक्ष पौड्यालले बताइन्। साथै, उनले जन्मदिनजस्ता अवसरहरूलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै दुःखी तथा विपन्न बालबालिकाको सहयोगमा खर्च गर्न सबैलाई आग्रह गरेकी छिन्।

पोसाक वितरण कार्यक्रममा फाउन्डेसनका पदाधिकारीहरू हेमन्त बाजे र चक्र रावल, सेभ हाउसकी अध्यक्ष जानकी मलासी, समता स्कुलकी प्रधानाध्यापक रितु पाण्डे शाहु, समाजसेवी लछ्मण बोगटी, यशोदा भट्ट लगायत बालबालिकाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले विद्यालय पोसाक किन्न समेत गाह्रो पर्ने बालबालिकालाई सहयोग गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै पौड्यालको प्रसंसा गरेका थिए।

हेमा श्री फाउन्डेसन नेपालकी अध्यक्ष मन्जु पौड्याल विगतका वर्षहरूमा पनि जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री, पोसाक तथा अपांगता भएका व्यक्तिहरूलाई ह्वीलचेयर लगायतका सामग्री सहयोग गर्दै आइरहेकी छिन्। आगामी वर्षहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने अध्यक्ष पौड्यालले बताएकी छिन ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.