रेडियो नेपाल दिपायलका पत्रकार दीर्घ खत्रीको निधन

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी — रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार दीर्घ खत्रीको निधन भएको छ। उनको विहीबार दिउँसो निधन भएको हो।

जिल्ला वन डोटी

दिउँसो करिब १ बजे दिपायलस्थित रेडियो नेपालको कार्यालय नजिकैको सडकमा बेहोस अवस्थामा भेटिएका खत्रीलाई सहकर्मीहरूले तत्काल सुजङ्ग अस्पताल, राजपुर पुर्याएका थिए। तर उपचारकै क्रममा अस्पतालले उनलाई मृत घोषणा गरेको बताइएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

मृतक खत्रीको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ। परिवारका सदस्यहरू आउन बाँकी रहेकाले उनीहरूको उपस्थितिपछि पोष्टमार्टम प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। यद्यपि, उनको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन।

डोटीको जोरायल गाउँपालिका–४, चुचुनढुङ्गा स्थायी बासिन्दा खत्री हाल कैलालीको चौमालामा बसोबास गर्दै आएका थिए। उनी वि.सं. २०७६ सालदेखि रेडियो नेपाल दिपायलमा करारमा रहेर कार्यरत थिए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.