फ्लडलाइटमै झिलिमिली हुँदै एनपीएल–२ आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

काठमाडौं ।नेपाली क्रिकेटको सर्वाधिक प्रतीक्षामा रहेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र बलियो प्रतिस्पर्धी काठमाडौं गोर्खाज आमनेसामने हुँदैछन्।

अघिल्लो संस्करणमा काठमाडौंलाई पाँच विकेटले पराजित गरेको जनकपुर यसपटक पनि अनिल साहको नेतृत्वमा मैदान उत्रिँदैछ। आसिफ शेख, शुभ कंसाकार, मायान यादव, ललित राजवंशीलगायत बलियो घरेलु टोलीसँगै इमरान ताहिर, लफ्टी इटन, मिलान्था र वायन पार्नेलजस्ता विदेशी खेलाडीले जनकपुरलाई अझै सबल बनाएका छन्।
यसैबीच जनकपुरले वेस्ट इन्डिजका दिग्गज शिवनारायण चन्द्रपल लाई प्रशिक्षकको जिम्मेवारी दिएको छ।

उता करण केसीको नेतृत्वमा रहेको काठमाडौं गोर्खाजले पनि यसपटक दमदार सुरुवात गर्ने लक्ष्यसहित ‘फुल स्क्वाड’ तयार पारेको छ। जोन सिम्पसन, हेनरिक क्लासन, जेरार्ड एरासमस, सन्नी पटेल र मिलिन्द कुमार जस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडीले काठमाडौंलाई बलियो दावेदार बनाएका छन्। टोलीको प्रशिक्षण जिम्मा पूर्व राष्ट्रिय कोच मोन्टी देसाई ले सम्हालेका छन्।

जिल्ला वन डोटी

एनपीएलका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिवा–रात्री हुनेछ। हालै जडान गरिएको फ्लडलाइट पहिलोपटक घरेलु मैदानमै उपयोग हुँदैछ। मंसिर २७ सम्म चल्ने प्रतियोगितामा सिंगल राउन्ड रोबिनका आधारमा २८ खेल हुनेछ। शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् र फाइनल मंसिर २७ मा हुनेछ।

कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्स र लुम्बिनी लायन्ससहित आठ टोली उपाधिका लागि भिड्दै छन्। आठै फ्रेन्चाइजले आफ्नो मार्की खेलाडी रिटेन गरेका छन्।

क्यानले यस संस्करणबाट ३५ करोडभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ। प्रायोजक, फ्रेन्चाइज शुल्क, ओटीटी/टिभी अधिकार र टिकट बिक्रीले आम्दानी बढाउने क्यानको दाबी छ।
विजेता टोलीले एक करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रोले २५ लाख र चौथोले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

फ्लडलाइटको रोशनीसँगै सुरु हुन लागेको एनपीएल–२ अहिले नै नेपाली क्रिकेट इतिहासकै सबैभन्दा चम्किलो र प्रतिस्पर्धात्मक संस्करण बन्ने अपेक्षा गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.