हङकङ सिक्सेसमा नेपाल लगातार दोस्रो खेलमा पराजित

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। शनिबार बिहान दक्षिण अफ्रिकासँग भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो।

जिल्ला वन डोटी

पहिले ब्याटिङ गरेको नेपाल ३.३ ओभरमै अल आउट हुँदै ५८ रनमा समेटियो। लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३.४ ओभरमै ५९ रन जोड्दै सहज जीत हात पार्‍यो।

पोषण खाजा सम्बन्धि सन्देश

दक्षिण अफ्रिकाका ब्लेक सिम्प्सनले उत्कृष्ट प्रदर्शन गर्दै नट आउट ३० रन बनाए। उनले ९ बलमा २ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै जोरिच भ्यान साल्कवेकले १७ रन, अबदुल्लाह बेयोमीले १६ रन जोडे। कप्तान जोर्डन मोरिस भने शून्यमै पवेलियन फर्किए।

नेपालका लोकेश बमले २ विकेट लिए पनि ठूलो लक्ष्य रक्षा गर्न टोली असफल रह्यो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.