एच.पि.भी. खोप सम्बन्धि अभिमुखिकरण तथा कार्ययोजना कार्यक्रम सम्पन्न

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

प्रतीक्षा धामी । डोटीको बडिकेदार गाउपालिकाम एच.पि.भी.खोप नियमित संचालनका लागि पालिका स्तरीय खोप समिति तथा स्वास्थ्यकर्मीहरुलाइ १ दिने अभिमुखिकरण कार्ययोजना कार्यक्रम बिहिवार सम्पन्न भएको छ।

बडिकेदार गाउपालिकाको स्वास्थ साखाको आयोजनामा कार्यक्रमका सभा अध्यक्ष गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत शेर बहादुर बुढा रहनुभएको थियो भने प्रमुख अथिती गाउँपालिका उपाध्यक्ष डम्मरी बिष्ट कलेल रहनु भएको थोयो ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

एच.पि.भी.खोप अर्थात ह्युमन प्यापिलोमा भाइरस विशेष गरेर किशोरीहरुका लागि लक्षीत गरियको छ । बिधालय जानेको हकमा ६ कक्षामा पढ्ने किशोरी र बिधालय बाहिर रहेका किशोरीको हकमा १० बर्ष देखि १४ बर्ष उमेर सम्मका किशोरीहरुलाइ निशुल्क HPV खोप दिने ब्यबस्था गरिएको छ ।जुन बिद्यालय र स्वास्थ संस्थामार्फत प्रदान गरिदै आएको छ ।

यो खोपले बिशेष गरि गर्भाशयको क्यान्सर हुन बाट बचाउने भएकाले पोहर साल छुटेका किशोरीहरुले पनि अनिवार्य रुपमा लगाउनुपर्ने खड्यौली स्वास्थ शाखा प्रमुख योगेन्द्र शाहिले बताउनु भयो ।

कार्यक्रममा बोल्दै बडिकेदार गाउँपालिका उपाध्यक्षले HPV खोप सुरक्षित र प्रभावकारी हुने भएकाले यो खोप सबै किशोरीहरुले लगाउनुपर्ने बताउनु भएको छ । यस्तै निकट भबिस्यमा क्यान्सरको जोखिम हटाउन सबै स्वास्थ्यकर्मीहरुले बडिकेदारका सम्पुर्ण वडाहरुमा आ- आफ्नु ठाउँबाट लाग्नुपर्ने कार्यक्रमका सभा अध्यक्ष तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले जोड दिनु भयो ।

सुदुरपस्चिममा यहि माघ २७ गते बाट यो अभियान संचालन हुदैछ । स्वास्थ्य मन्त्रालयले सबै अभिभावकलाई आफ्ना किशोरीहरुलाइ समयमै HPV खोप लगाउन आग्रह गरेको छ ।कार्यक्रममा विभिन्न वडाका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , पत्रकार लागाएतको सहभागिता रहेको थियो ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.