आज धुमधामका साथ गाइजात्रा मनाइदै

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

आज नेवार समुदायले धुमधामका साथ गाइजात्रा पर्व मनाउदै छन ।काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा आज यो पर्व मनाइदै छ। नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्वको रुपमा  गाइजात्रालाइ लिइएको छ ।

यो पर्व बिशेषगरि नेवार संस्कृतिबाट सुरू भएको हो । हाम्रो समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट मनाइन्छ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.