आज नेवार समुदायले धुमधामका साथ गाइजात्रा पर्व मनाउदै छन ।काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा आज यो पर्व मनाइदै छ। नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्वको रुपमा गाइजात्रालाइ लिइएको छ ।
यो पर्व बिशेषगरि नेवार संस्कृतिबाट सुरू भएको हो । हाम्रो समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट मनाइन्छ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।