क्रेनको ठक्करबाट कैलालीमा एक जना पैदलयात्रीको मृत्यु

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३
जिल्ला वन डोटी

कैलालीमा क्रेनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका –४ बलियामा पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश–२–०३–००१क २०२७ नम्बरको क्रेनले हिजो राति नौँ बजेतिर ठक्कर दिएको थियो। क्रेनको ठक्करबाट घाइते भएका लम्कीचुहा–४ का ४२ वर्षीय किरणप्रसाद शर्माको मृत्यु भएको हो।

उपचारको लागि लालरत्न अस्पताल लम्की लगिएकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेकोमा हिजो राति नै बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। क्रेन र क्रेन चालक धनगढी उपमहानगरपालिका–१९ का २५ वर्षीय सुरज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.