हेर्ने कथा मार्फत ३५ बर्ष पछि पारिवारिक मिलन भएका प्रकाशलाई साहुले १० लाख दिने

पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

 भिडिओ सामग्री प्रस्तुत गर्ने कार्यक्रम ‘हेर्ने कथा’मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ ‘काले’ गोरखाबाट भोजपुर फर्किएका छन्।

एक वर्षअघि ‘हेर्ने कथा’को हराएका वर्षहरूमा प्रकाश तामाङ घर पुगेका थिए भने फेरि फर्किएका थिए। पछि फेरि दशैँ तिहार मान्न भोजपुर गएर गोरखाकै चुमभ्याली गएका थिए। प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख दिने भएका छन्।

त्यस्तै गाउँपालिकाले १ लाख रूपैयाँ दिने चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए। प्रकाशलाई जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाई गरेका छन्। प्रकाशले घर फर्किएर नागरिकता बनाउने छन्।  बैङ्क खाता खोल्नासाथ साहूले १० लाख र गाउँपालिकाले थप १ लाख दिने बताइएको छ।-दिनेश खबर

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.