ऋणि सदस्यको मृत्यु हुँदा सहकारी द्वारा म्यादी विमा प्रादान

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटीमा आफ्नो ऋणि सदस्यको मृत्यु हुँदा सहकारी द्वारा म्यादी विमा प्रादन गरेको छ । शनिबार डोटीको जोरायल गाउँपालिका ४ सिलङ्गिबागमा रहेको लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लि ले आफ्ना शेयर सदस्यको मृत्यु म्यादी विमा प्रदान गरेको हो ।सहकारीका सेयर सदस्य यगेन्द्र बाेहराकाे यही २०८१ जेष्ठ ६ गते भारतमा अकस्मात बिरामी भई मृत्यु भयको थियो ।

जिल्ला वन डोटी

पोषण खाजा सम्बन्धि सन्देश

मृतक बोहराले सहकारीबाट २ लाख ऋण लिएका थिए । निज सदस्यकाे २ लाख ऋणकाे म्यादी विमा आईएम ई लाईभ इन्स्योरेन्स कम्पनी लि मा भयकाले मृत्युु पश्चात् उक्त विमा प्रदान गरिएको सहकारीले जनाएको छ । म्यादी विमा दाविबाट २ लाख संगै किरिया खर्च बापत २० हजार सहित जम्मा २लाख २० हजार सहकारी का अध्यक्ष लाेक बहादुर थापा र जाेरायल गा पा ४ का वडा अध्यक्ष नन्दराज भट्ट द्वारा संयुक्त रूपमा निज मृतकको हकवाला श्रीमती रमिता बाेहरा लाई हस्तान्तरण गरिएको हो ।साथै सहकारी हितकाेष बाट प्रदान गरिने रू ५०००/- पनि साेहि कार्यक्रममा हस्तान्तरण गरिएको थियो। उक्त विमा दाबी रकम हस्तान्तरण कार्यक्रममा विमा कम्पनी तर्फबाट बाट एरिया मेनेजर हुकुम डाङिको सहभागीता रहेको थियाे। मृतकको श्रीमती रमिता बोहराले श्रीमानको मृत्यु पश्चात विमा बाफतको रकम पाउँदा आफुलाइ ठूलो बित्तीय राहत महसुस भएको बताइन ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.