डडेल्धुरामा लाग्ने प्रसिद्ध लाटागन्याप मेला आज

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

डडेल्धुरा : डडेल्धुरामा लाग्ने प्रसिद्ध लाटागन्याप मेला आज लाग्दै छ । जिल्लाको गन्यापधुरा गाउँपालिका -४ को महाभारत बनक्षेत्रको घना जङ्गलमा लाग्ने यश क्षेत्रकै प्रसिद्ध लाटागन्यापको शिखर जाँत आज लाग्दै छ । सोमबारराति हुदै छ । धार्मिक रुपले शिखर जाँतको आफ्नो महत्त्व र गौरब छ । मेला हेर्न को लागि जाने दर्शनार्थीहरुले एक साथा अगाडि देखिनै शुद्ध खानेकुरा खाने गर्दछन । यसरी चोखो खाना खायर उपसाना गरि मेलामा सहभागी भई चोखो मनले मागेको वरदान पुरा हुने धार्मिक बिश्वास रहिआएको छ ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

शिखरको गाथ ठुलो ढुङ्गा सम्म पुग्नु भन्दा अगाडि विभिन्न ठाउँ ठाउँमा दूध ढाल्नेमा दूध अगरबत्ती तथा फुलपाती चढाएर पुजाआजा गरेर जाने विशेष प्ररम्परा रहेको छ । शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन । गन्यापधुरा गाउँपालिका स्थित मालिगाउँ , जैसरा ,रेल रुमायल यस्तै डोटीको शिखर नगरपालिकाको थप्सा र बानेडुग्रसैन बाट संयुक्त रुपमा देउरो जाने प्रम्परा रहेको छ । देउरो जाने क्रममा पनि विभिन्न ठाउँबाट दाईन दमाहा तथा भोक्करहरु ठोकाईन बजाएर जाने गरिन्छ दमाहापनी लाटागन्यप देवता बाट विशेष अधिकार प्राप्त दमाईहरुले मात्रै बजाउने गरेको जानकार बताउछन । गन्याप मन्दिरको दर्शन गरे मनोकामना पूरा हुने जन बिश्वस रहेको छ ।कसैको छोरो नभएमा त्याहाँ गयर पुजा पाठ गरे छोरा प्राप्त हुने जन बिश्वास रहिआएको छ ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

गन्यापका पुजारीका अनुसार बानेडुग्रसैनका कुनै पनि वलायरका छोरा थिएन त्यहाँ गएर पुजापाठ गर्दा छोरा भएको ईतिहास अहिले पनि छ । अहिले पनि क्यारु पुसाई अपुती रैगई कोल भन्ने टुक्का त्यस क्षेत्रमा स्थानीयले खेल खेल्ने वेलामा पनि गाउने गरेका छन । मेला हेर्न को लागि डडेल्धुरा डोटी लगायत सुदूरपश्चिम तथा देशका विभिन्न ठाउँहरु बाट भक्ततजनहरु आउने गरेका छन । जाँतमा गाईने फाग ,चैतली धुमारी पनि लाटागन्यापको गाथमा आधारित हुने गरेका छन । महाभारत बनक्षेत्रको घनाजङगलमा रहेको शिखर धार्मिक ,पर्यटकिय र रमणीय रुपमा प्रसिद्ध रहेको छ । यो क्षेत्रलाई कान्छो खप्तड भनेर चिनिन्छ ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.