डिभिजन सडक जनचेतनामूलक सन्देश

आज सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइदै

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व धुमधामसँग मनाइँदै छ। विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ।

भाद्र संक्रान्तिका दिन गाडिएको बूढीलाई आज साँझ पोल्ने चलन रहेको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए। द्वापर युगमा भगवान् श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बूढी पोल्ने गरिएको छ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान् श्रीकृष्णले दूध चुसी मारेको विजयोत्सवका रूपमा बूढी पोल्ने पर्व मनाइने गरेको हो।​

सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएकी बूढीलाई आज साँझपख पोल्ने र सोही ठाउँमा काँक्रा खाँदै लुतो फाल्ने  प्रचलन छ। ओल्के संक्रान्तिका दिन गोठालाहरूले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रूखका हाँगा थप्ने गर्छन्। भाद्र संक्रान्तिका गाडिएको बूढीलाई आज पोलेमा सुख शान्ति प्राप्त हुने विश्वास रहेको स्थानीय प्रेमसिंह धामीले बताए। बूढी जलाउँदा बनेको खरानीको तिलक बनाएर गाईलाई लगाउने चलन छ।

पुतनाको स्वरूपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाई साँझ दोबाटोमा लगेर जलाइन्छ। साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बूढी थुई’ भन्ने चलन छ।-थाहा खबर

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.