डिभिजन सडक जनचेतनामूलक सन्देश

५१ बर्षको उमेरमा नौ कक्षा भर्ना

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण बन्नुभएको छ नविन भट्ट । उमेरले उहाँ ५० वर्ष नाघिसक्नुभएको छ । हेर्दा लाग्छ, उहाँ नानीबाबुलाई सिकाउने शिक्षक हुनुहुन्छ । तर उहाँ शिक्षक नभई आफूभन्दा निकै साना उमेरका विद्यार्थीहरुसँगै बसेर नौ कक्षामा पढ्नुहुन्छ ।

गोरखा नगरपालिका–६ पाटेचौर स्थित शक्ति माविमा ५१ वर्षीय भट्ट कक्षा ९ मा भर्ना भएर पढिरहनुभएको छ । यसै शैक्षिक सत्रमा भर्ना हुनुभएका भट्टको पढाईप्रति देखाएको लगावबाट शिक्षक समेत दङ्ग छन् ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

भिमसेन थापा गाउपालिका–२ तान्द्राङका भट्ट दुइ बर्षपछि एसईई दिएर अबको १२ वर्षमा एमबिबिएस पढ्ने लक्ष्यका साथ विद्यालयमा भर्ना हुनुभएको हो । कक्षा ११ र १२ साइन्स पढेर त्यसपछि एमविविएस पढ्ने उहाँको लक्ष्य छ ।

घरयासी समस्याले पढाईलाई निरन्तरता दिन नपाएको उहाँले बताउनुभयो । २०५३ सालमा एसएलसी फेल भएपछि पढाई छाड्नुभएका भट्ट २९ वर्षपछि फेरि विद्यालयमा पढ्न सुरु गर्नुभएको हो । शुरुका दिनमा छोराछोरी उमेरका सहपाठी सँग पढ्न धक लागेपनि अहिले सहज वनेको उहाँले बताउनुभयो ।

विद्यालय समयको अलवा पनि नविनले पढाईमा लगाव बढाउनु भएको छ । उहाँले नजानेका कुरा शिक्षकलाई सोध्न गाह्रो मान्नुहुन्न । भर्ना भएको शुरुका दिनमा लेखाई ढिलो भएपनि अहिले लय समातेको उहाँ बताउँनुहुन्छ ।

कक्षा नौ मा भर्ना हुनुभएका भट्टको पढाई राम्रो रहेको विद्यालयका प्रध्यानाध्यापक वद्री अर्याल बताउनुहुन्छ । भट्टलाई बस्नका लागि विद्यालयले होस्टेलको एउटा कोठा उपलब्ध गराएको छ ।-nepaltvonline

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.