डिभिजन सडक जनचेतनामूलक सन्देश

बडादसैं २०८१ का शुभसाइतहरु सार्वजनिक

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११:३६ का लागि उत्तम रहेको जनाएको छ ।

त्यस दिन बिहान ८:३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उहाँले बताउनुभयो ।

यस वर्षको नवरात्र अर्थात् दसैँ यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । त्यस दिन बिहान ९:१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ ।

साथै असोज १८ गते शुक्रबार झण्डा फर्ने (पश्चिम मोहडा) ९:१४ बजे, असोज २२ गते मङ्गलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा विहान ७:११ बजे र स्थिरासन बिहान ८:४३ बजे साइत रहेको समितिले जनाएको छ ।

त्यसैगरी असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्ने समिति सदस्य एवं धर्मशास्त्र विद् प्राडा देवमणी भट्टराईले बताउनुभयो । यसै दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दसैँ समापन हुनेछ ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.