डडेल्धुरामा असोज १८ बाट अमरगढी टि–२० क्रिकेट प्रतियोगिता हुने

पुन्ना तालिम केन्द्र

डडेल्धुरा – डडेल्धुरामा “अमरगढी टि–२० क्रिकेट प्रतियोगिता” आयोजना हुने भएको छ । “सम्मान–समानता आर्थिक समृद्वि डडेल्धुरा”को आयोजनामा अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा यहिँ असोज १८ गतेदेखि प्रतियोगिता हुन लागेको आयोजकले मंगलबार डडेल्धुरामा पत्रका सम्मेलन मार्फत जानकारी दिएको हो ।

प्रतियोगिताका विजेतालाई १ लाख नगद ट्रफी,मेडल र प्रमाणपत्र ताथा उपविजेतालाई ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

जिल्ला वन डोटी

सम्मान–समानता आर्थिक समृद्विका निर्देशक विक्रम जैरुका अनुसार सर्वोष्कृट ब्याट्सम्यानलाई नगद ५ हजार, सर्वोष्कृट बलरलाई ५ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई एक हजार प्रदान गरिने छ । उनीहरुलाई पनि ट्रफि र मेडल दिइने जैरुले बताए ।

टिम दर्ता असोज १६ गतेसम्म हुने र दर्ता शुल्क १२ हजार लाग्ने आयोजकले जनाएको छ ।

जिल्लाको कला संस्कृति र खेलकुद विकास प्रतिष्ठा वृद्विमा खेलकुदको माध्यमले सहयोग पुर्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ ।

प्रतियोगितामा डडेल्धुरा जिल्लाभित्रका खेलाडी तथा टिमले मात्र भाग लिन पाउने आयोजले जनाएको छ। भने पत्रकार सम्मेलन मार्फत प्रतियोगिता लाई सफल बनाउन सम्बन्धित सबै सरोकारवाला लाइ अनुरोध समेत गरेको छ ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.