
सम विकास केन्द्र र एक्सन एड नेपालको सहकार्यमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत आज ५ दिने शिक्षक तालिम सम्पन्न भएको छ ।कार्यक्रम लागू भएका दिपायल सिलगढी नगरपालिका , शिखर नगरपालिका र के आइसिङ गाउँपालिकाका ११ विद्यालयका २० जना शिक्षकहरूलाई बालकेन्द्रित सिकाई शिक्षक तालिम दिएको छ । तालिम शिक्षकले कक्षा कोठामा प्रवेश गर्दा बालबालिकालाई कसरी रमाइलो वातावरण वा सिर्जनात्मक तरिकाबाट शिक्षण गर्ने भन्ने बिषयमा केन्द्रित थियो। तालिमका सहभागीहरुलाइ बालबालिकाको पढाइतर्फ अझै प्रोत्साहित गर्नको लागि आबस्यक पर्ने शिप विकासमा जोड दिएको स्थानीय अधिकार कार्यक्रमका संयोजक नरेन्द्र बि क ले जानकारी दिए ।

शिखर नगरपालिका नगर प्रमुख दीर्घबहादुर बलायर ले उद्घाटन गरेको तालिमको आज पाँचौं दिनमा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले समापन गरेका छन। सम विकास केन्द्र नेपालका अध्यक्ष केशव परियार को अध्यक्षतामा आज शुक्रबार तालिमको समापन भएको थियो । तालीम समापन कार्यक्रममा तालिमका उद्देश्य माथी संस्थाका कार्यकारी निर्देशक महेश खत्रीले सहभागीलाई प्रष्ट पारेका थिए ।

पाँच दिनसम्म सञ्चालन भएको तालिमको सहजीकरण सहजकर्ता राजेन्द्र पोखरेलले गरेका थिए । कार्यक्रममा सहभागी शिक्षकहरूले आगामी दिनमा पठनपाठनको लागि कक्षाकोठामा प्रवेश गर्दा खाली हात नजाने र शैक्षिक सामग्रीको निर्माण गरी कक्षाकोठामा प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । संचालित तालिम सोचेभन्दा धेरै प्रभावकारी रहेको सहभागी शिक्षक नरेन्द्र बोहराले बताए। यस प्रकारको तालिम प्रयोगात्मक सहित पहिलोचोटि लिएको र धेरै नयाँ बिषयमा ज्ञान मिलेको तालिममा सहभागी अर्का शिक्षक भगवती भण्डारीले बताइन।
सम्म विकास केन्द्रले डोटी जिल्लाका ११ वटा विद्यालयमा सुधारको लागि विभिन्न किसिमको कार्यक्रमहरू विगत १० वर्षदेखि सञ्चालन गर्दै आएको छ। बि स २०५३ सालमा स्थापना भएको संस्थाले समाजका विभिन्न विकृति र सामाजिक न्यायका पक्षमा वकालत गर्दै आएको छ।
