बास्मती धान उत्पादनका लागि ५ रोपनी जमिन भाडामा : गाउँपालिकाको सहयोग  १० घरपरिवार यसबाट प्रत्यक्ष लाभान्वित

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

बास्मती धान उत्पादनका लागि ५ रोपनी जमिन भाडामा : गाउँपालिकाको सहयोग  १० घरपरिवार यसबाट प्रत्यक्ष लाभान्वित

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध जोरायले बास्मती धान यहाँका नौ जिल्लामध्ये जोरायल गाउँपालिकामा उत्पादन हुने उक्त धान देशव्यापी रुपमा प्रसिद्ध मानिदै आएको छ । विभिन्न परिकार बनाउन सकिने यस धानको चामल पकाउँदा, खाँदा बासना आउने हुँदा यहाँ निकै लोकप्रिय मानिन्छ सुदूरपश्चिमसहित नेपालभरिका बजारमा निकै लोकप्रिय बन्दै गएको छ  अहिले यो बास्मती चामल केजिको १२५ रुपैयाँ सम्म बिक्री हुँदै आएको छ ।

पोषण खाजा सम्बन्धि सन्देश

जोरायल गाउँपालिकाले आफ्नो जमिन नभएका बादी समुदायका करिब १० परिवारलाई जमिन भाडामा लिएर बास्मती धान उत्पादन गर्दै आएको छ ।
परम्परादेखि नै नाचगान गर्ने पेशामा आबद्ध बादी समुदायको पेशा सङ्कटमा पर्न थालेपछि पालिकाले धान खेतीका लागि जमिन भाडामा लिएर बादी समुदायलाई उपलब्ध गराएको हो।

चाडपव र मेलामा नाच गरेर जिवन निर्वाह गर्दै आएका बादी समुदायका व्यक्तिहरुको पेसा संकटमा परे पछि अहिले जीवन निर्बाह गर्न समस्या हुन थाले पछि घर परिवार पाल्न समस्या हुँदै आएको थियो । जोरायल गाउँपालिकाले स्थानीय व्यक्तिबाट पाँच रोपनी जमिन भाडामा लिएर बादी समुदायका १० घरपरिवारलाई हंसराज बास्मती धान उत्पादनका लागि उपलब्ध गराएको हो ।

जिल्ला वन डोटी

विपन्न वर्गका व्यक्तिहरुका लागि आय आर्जनमा सहज होस् भन्ने उद्देश्यले सामुदायिक खेती प्रणालीअन्तर्गत आर्थिक वर्ष २०७५ / ०७६ देखि नै वार्षिक रुपमा प्रति रोपनी १५ हजारका दरले ७५ हजार रुपियाँ जमिनको भाडा बाफत दिइदै आएको छ । जोरायल गाउँपालिका उपाध्यक्ष जमुना रोकाया बोहराले बताउनु भयो ।

उहाँले भन्नू भयो ।नियमित रुपमा खेती गर्ने जमिन पनि नभएका बादी समुदायका व्यक्तिहरुलाई बिहान बेलुका के खाने भन्ने समस्या देखिएको थियो । हामीले जमिनको भाडा बाफतको रकम गाउँपालिकाबाट तिर्नुपर्ने निर्णय गरेका छौं । यसबाट थोरै भए पनि बादी समुदायका व्यक्तिहरुलाई राहत भएको छ । जमिन भाडामा दिने बारेको सम्झौता प्रत्येक तीन तीन वर्षमा नवीकरण हुने व्यवस्था गरिएको छ उहाले बताउनु भयो ।

डोटीको जोरायल क्षेत्र हंसराज बास्मती धान उत्पादन हुने क्षेत्रका रुपमा चिनिन्छ । यस क्षेत्रमा उत्पादन हुने बास्मती पछिल्लो समय जिल्ला बाहिर पनि निर्यात हुन थालेको छ ।  जोरायल गाउँपालिका वडा नं। ३ र ४ मा बसोबास गर्दै आउनु  भएका २० घर परिवारमध्ये बादी समुदायका १० घरपरिवार यसबाट प्रत्यक्ष लाभान्वित हुनु भएको छ । आफ्नो जमिन नभएकाहरुले पालिकाले उपलब्ध गराएको जमिनबाट राम्रो आम्दानी गर्दै आउनुभएको जोरायल गाउँपालिका नायव सुब्बा चन्द्र बहादुर सार्कीले बताउनु भयो ।

हामी त बाजे बराजुका पालादेखि नै नाचगान गरेर त्यसै बाफत प्राप्त भएको अन्न ल्याएर खान्थ्यौं । घर परिवारको सङ्ख्या पनि बढ्दै जान थाले पछि आम्दानी घट्न थाल्यो । हाल पालिकाले जमिन उपलब्ध गराएर खेती गर्न दिए पछि थोरै भए पनि राहत भएको कटैनी देवी बादीले बताउनु भयो ।

पालिकाले उपलब्ध गराएको जमिनमा वर्षाको समयमा हंसराज बास्मती धानको उत्पादन हुँदै आएको छ, भने हिउँदको समयमा गहुँ र बेमौसमी तरकारीको उत्पादन गरेर आम्दानी गर्दै हुने गरेको छ । सो क्षेत्रमा प्रति रोपनी तीन क्विन्टलसम्म धान उत्पादन हुँदै आएको छ । जोरायल क्षेत्रमा उत्पादन हुँदै आएको बास्मतीलाई स्थानीय सहकारी मार्फत जिल्ला बाहिर निर्यातका लागि बजारीकरण हुँदै आएको छ ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.