
<✍️ इन्द्र डुम्रेल ;उपाध्यक्ष अखिल (कान्तिकारी )डोटी
बाढी आयो गाउँमा त्रास फैलायो सब थला बगायो,
छानो उडायो, खेत डुबायो, सारा धरा बगायो।


नदी रिसायो, किनारै छोडेर उसले संहार गर्यो,
खेत-खलिहान बगर बनाई गाउंको सपना बगायो।
पुल भत्कायो, बाटो टुटायो, सारा यात्रा रोक्यो,
जीवनको सुन्दर यात्रा, ओठको हाँसो बगायो।
नेता त कुर्सीमा रमायो, विज्ञप्तिमा काम चलायो,
तर बाढीले जनता र देशको साहस बगायो।



