बडिकेदारका साउद एनपिएल क्रीकेटमा  सुदूरपश्चिम रोयल्समा

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा नरेन साउदले  सुदूरपश्चिम रोयल्स बाट खेल्ने भएका छन ।

जिल्ला वन डोटी

एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित खेलाडी अक्सन (खरिद–बिक्री) प्रक्रियामा नरेन साउदलाइ  सुदूरपश्चिम रोयल्सले २ लाख रुपैयाँमा खरिद गरेको हो ।

पोषण खाजा सम्बन्धि सन्देश

जिल्लाको दुर्गम क्षेत्र मानिने बडिकेदार गाउँपालिकाको वडा नम्बर ३ घाङगल  ओखलढुंगामा जन्मनु भएका नरेन साउद सुदुर पश्चिम प्रदेशको टोलिको प्रतिनिधित्व गर्दै क्रीकेट खेल खेल्दै आएका छ्न ।सुदुर पश्चिम प्रदेशको बिकट क्षेत्रमा जन्मिएका साउदले सानै छ्दा देखि कडा मेहनत गरेका थिए ।

सानै उमेरमा बुवा गुमाएका साउदका आमा शिक्षिका रहनुभएको थियो। छोरालाई राम्रो पढाउने आमाको इच्छा हुदाहुदै पनि नरेनको  क्रीकेट खेल प्रतिको लगाबले उनलाई रोक्न सकेन । कयौं आर्थिक अभाबका बिच पनि  अहिले नरेन क्रीकेट मा आफ्नो उचाई बढाइ रहेका छ्न । उनको हाल बसाई धनगढी रहेको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.