घाम हराए संगै हराउँछ फोन नेटवर्क , घामको प्रतिक्षामा बस्छ्न सेवाग्राही

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

समाज सुचना तथा संचार प्रबिधिको क्षेत्रमा दिन प्रतिदिन फड्को मार्दै गर्दा डोटीमा भने घामको भरमा फोन नेटवर्क चल्छ । डोटीको जोरायल गाउँपालिका ५ र ६ नम्बर वडा संगै बडिकेदार गाउँपालिकाको धेरै क्षेत्रमा फोनको नेटवर्क घाम संगै अस्ताउने गरेको छ ।डोटीको जोरायल गाउँपालिका ५ मा रहेको नेपाल टेलिकम गड्सेराको नमस्ते फोन टावर बिगत २/३ बर्ष देखि यस्तै अबस्थामा गुज्रि रहेको छ ।

जिल्ला वन डोटी

त्यस क्षेत्रमा संचार सेवा प्रदान गर्ने एक मात्रै नमस्ते टावरले बिहानको घाम छिप्पिए संगै साँझ ८ बजे सम्म मात्रै सेवा उपलब्ध गर्ने गरेको छ । यदि दिउँसो पनि टावर क्षेत्रमा बादलले घाम छेकेमा त्यो क्षेत्र फोन नेटवर्क बिहिन हुने गरेको जोरायल गाउँपालिका ६ का वडा अध्यक्ष गणेश बोहराले बताए । अध्यक्ष बोहराका अनुसार दिनभरि घाम लागेमा राती ८ बजे सम्म मात्रै नेटवर्क हुन्छ, यदि घाम नलगेमा २४ घण्टा त्याहाँका सेवाग्राही नेटवर्क बिहिन भएर घामको प्रतीक्षामा बस्ने गरेका उनले बताए।

पोषण खाजा सम्बन्धि सन्देश

स्थानीय सेवाग्राहीले यो बिषयमा पटकपटक आवाज उठाउने गरेकोमा यसको अहिलेसम्म कुनै ठोस समाधान हुन सकेको छैन । सौर्य उर्जाको भरमा चल्ने टावरमा समस्या आए संगै गत जेठमा यस क्षेत्रमा नयाँ ब्याट्री जडान गरिएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरियाका प्राबिधिक प्रतिम भट्टले जानकारी दिए ।उनका अनुसार स्थानीयको सहयोगमा ब्याट्री ढुवानी गरेर जेठमा टावरमा नयाँ ब्याट्री जडान गरिएको र सो समयमा घाम राम्रो लाग्ने गरेका कारण नेटवर्कले काम गरेको तर अहिले बर्षातमा घाम लाग्न कम भए संगै नेटवर्कले काम गर्न छोडेको बताए । प्राबिधिक भट्टका अनुसार आफुहरुले नेटवर्क संचालन गर्न सक्दो प्रयास गरेको तर बिजुली बिना  टावर २४ घण्टा संचालन गर्न असम्भव भएकाले बिजुलीबत्ती टावरसम्म पुर्याउन सबैले पहल गर्नुपर्ने बताए ।

त्यस्तै टावर संचालन र थप नयाँ टावर निर्माणको बिषयमा जोरायल गाउँपालिकाले पटकपटक नेपाल टेलिकम संग आग्रह गरेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए । अध्यक्ष ओझाका अनुसार टावर संचालनको लागि पटकपटक क्षेत्रीय कार्यालय अत्तरियालाइ पत्राचार संगै आफू स्वयं गएर जानकारी गरेको बताए । साथै उक्त टावर भएको स्थान सम्म बिद्धुत पुर्याउन सके मात्रै नेटवर्क नियमित हुने भएकाले आफुहरुले सरोकारवाला निकायसंग निरन्तर छलफलमा रहेको र जतिसक्दो छिटो नेटवर्क समस्या समाधानका लागि परेको उनले जनाए । त्यस क्षेत्रका स्थानीयले आफुहरु ढुङ्गे युग जसरी बस्नुपर्ने भएकाले समस्या सामाधान गरि जतिसक्दो छिटो २४ घण्टा संचार सुबिधा हुने बाताबरण बनाइदिन अनुरोध गरेका छ्न ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
1 Comment
  1. gyanendra ojha says

    हार्दिक अाभार !सूचना प्रविधि वाट वञ्चित भएकाहरूकाे खवर वनाईदिनु भएकाे छ हामी खसशी छाै ।जाेरायल ५र ६ ।

Leave A Reply

Your email address will not be published.