
✍️निरा खड्का( सिन्धुलि )
शरीरमा बग्ने खुन आमाको
नभुल चुसेको थुन आमाको

समय भन्दा पनि हजारौं हुन्छ गुणा
अमुल्य हुन्छ गुण आमाको

उसैको कामना पूरा हुनेछ
जो फेरिदिन्छ उन आमाको
अरुलाइ भुली तिमिलाइ मात्र
हुन्छ हशाउने धुन आमाको
हुर्केर सन्तान ले पाल्द्छ भनी
नहोला र रहर कुन आमाको ,
(उहाँ हाल न्यु मिलियन कलेज सुकेधारा काठमाडौं बिबिएस दाेस्रो बर्षमा अध्यनरत हुन ।)



