काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई, नेपाल पराजित

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

काठमाडौं : सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबलको फाइनलमा नेपाल पराजित भएको छ। श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा नेपाललाई पराजित गर्दै उज्वेकिस्तान विजयी भएको हो।

जिल्ला वन डोटी

उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो । खेलको सुरुवाती पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो सेटमा नेपाल २५–२० ले पराजित बनेको हो।

पोषण खाजा सम्बन्धि सन्देश

प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए।

 

लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। त्यसअघि नेपाललले श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र कीर्गिस्तानसँग ३–२ सेटको हार ब्यहोरेको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.