बन्दै छ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

चितवन: चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ । रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन ।

हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ । भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो ।

 

पोषण खाजा सम्बन्धि सन्देश

धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि वढाएको हो । ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ ।

जिल्ला वन डोटी

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ । गत साउनमा बिबिआर जेभीले निर्माणकार्य सुरु गरेको हो ।

विसं २०८३ पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी रु ७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

रङ्गशाला निर्माण गर्न चालु आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारले रु ५० करोड विनियोजन गरेका छन् । रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ ।

चाडपर्वमा समेत काम नरोकिने प्रमुख दाहालले बताउनुभयो । काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्षरुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.