
डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ४ रनुकाडामा बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कार्तिक १ गते देखि गाउँपालिका स्तरीय तेस्रो रनुकाडा टि- २० क्रीकेट प्रतियोगिता हुने भएको छ ।

रनुकाडा युवा क्लवकाे आयाेजना तथा बडिकेदार गाउँपालिका शिक्षा युबा तथा खेलकुद शाखाको आर्थिक सहयोगमा क्रीकेट प्रतियोगिता हुन लागेको हो । रनुकाडा युवा क्लबका अध्यक्ष विशाल ताडिका अनुसार प्रतियोगिताको बिजेताले १५ हजार रुपैयाँ र उपबिजेताले ८ हजार रुपैयाँका साथै ट्रफी,मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

म्यान अफ द सिरिज, बेस्ट ब्याटर, बेस्ट बलर र म्यान अफ द म्याचलाइ समेत पुरस्कारको ब्यवस्था गरिएको छ । टिम दर्ता शुल्क २ हजार रहेको छ भने ।टिम दर्ता असोज २९ गते साझ ५ बजे सम्म गरिसक्नु पर्ने जनाएको छ ।त्यस्तै सहभागी टिमको खेलाडी बडिकेदार गाउँपालिका भित्रको हुनुपर्ने र प्रतेक टिमले खेलाडीको परिचय खुल्ने नागरिकता वा जन्म दर्ताको प्रमाणपत्र अनिवार्य पेस गर्नु पर्ने बताएको छ ।



