हेमा श्री फाउन्डसन नेपाल गौरीगंगा–६,कैलालीद्वारा साफेँबगर नगरपालिका–१३, बावला,अछाम स्थित श्री जाल्पादेवी आधारभूत विद्यालयमा निःशुल्क शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।
सो विद्यालयमा अध्ययनरत विपन्न, आर्थिक अवस्था न्यून भएका, एकल परिवारका ३५ जना विद्यार्थीहरुलाई झोला, कापी कलम लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे)ले बताउनु भयो ।


उहाँले विगतका दिनहरुमा पनि सामुदायिक विधालयलाई सहयोग गर्दै आईरहेको र आगामी दिनहरुमा पनि सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री,विद्यार्थीहरुलाई पोशाक वितरण गर्ने, बाल–बालिहरुका लागि अनाथालय तथा जेष्ठ नागरिक संरक्षण कार्य गर्ने भावी योजना रहेको जानकारी दिनु भयो ।
कापी, कलम र झोला शैक्षिक सामाग्री पाएकोमा आफुहरुधेरै खुसी भएको विद्यार्थीले बताएका छन । कार्यक्रममा बोल्दै वडा अध्यक्ष रुपबहादुर कुँवरले आर्थिक स्थिति निकै कमजोर भएका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेकोमा फाउन्डेसनलाई धन्यवाद र आगामी दिनहरुमा फाउन्डेसन सँग समन्वय र सहकार्य गर्न वडा तत्पर रहेको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्त बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रुपबहादुर कुँवर, विशिष्ट अतिथि वडा सदस्य बिरु सुनार, हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी(बाजे) रहनु भएको थियो ।
कार्यक्रममा विभिन्न अतिथि संगै विद्यालयका–शिक्षक, फाउन्डेसनका पदाधिकारीहरु ,अभिभावक लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । स्वागत सहितको शुभकामना मन्तब्य शिक्षक कालु बिष्टले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बिधालयका प्र.अ.उमाकान्त जोशीले गर्नु भएको थियो ।



