छक्कापञ्जा ५’को कमाइ १० करोड नाघ्यो

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

बडा दशैँको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘छक्कापञ्जा ५’को उछाल कमाइको गति रोकिने छाँटकाँट छैन । प्रदर्शनको छैटौं दिन मंगलबारसम्म फिल्मले एक महत्वपूर्ण अंकगणितिय उपलब्धि हासिल गर्न सफल भएको छ ।

जिल्ला वन डोटी

फिल्मले ६ दिनसम्म न्यूनतम १० करोड ग्रसको कमाइ गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जानकारी दिएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले यो अवधिमा १० करोड ५० लाख ग्रस हाराहारीमा कमाइ भएको छ ।

पोषण खाजा सम्बन्धि सन्देश

फिल्मले प्रदर्शनको छैटौं दिन मंगलबार मात्रै डेढकरोड कमाएको छ । सातौं दिन बुधबार सोही हाराहारीमा कमाइ हुने प्रक्षेपण वितरक मनोज राठीले जानकारी दिएका छन । फिल्मको पहिलो साताको कमाइ १२ करोड हाराहारीमा हुने उनको प्रक्षेपण छ ।

राठीले भने, ‘पहिलो साताको कमाइ १२ करोड भित्र समेटिने हाम्रो अनुमान हो’ । १० करोड क्लब आफैमा महत्वपूर्ण बक्सअफिस उपलब्धि हो । दीपाश्री निरौला निर्देशित यो फिल्म विहिबारदेखि मध्यपूर्व, मलेसिया र माल्दिभ्समा पनि रिलिज हुँदैछ । ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले भने आधिकारिकरुपमा बक्सअफिस कलेक्सनको रिपोर्ट सार्वजनिक गरिसकेका छैनन् ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.