प्रदीप सिंहको सम्झनामा राजपुरमा क्रिकेट प्रतियोगिता आयोजना हुँदै

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

 

राजपुरस्थित खप्तड रंगशालामा प्रदीप सिंहको सम्झनामा दोस्रो पटक क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ। खेल ८ गतेदेखि १५ गतेसम्म चल्नेछ। आयोजक रोयल राजपुर क्रिकेट क्लब (R.R.C.C) का अध्यक्ष नरेश बहादुर खातीका अनुसार यो प्रतियोगिता दीपावलीको अवसरमा आयोजना गरिएको हो।

प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ भने द्वितीय पुरस्कार ५१ हजार १ सय १ रुपैयाँ तोकिएको छ। क्लबका कोषाध्यक्ष किरण कठायतले यस प्रतियोगिताले स्थानीय खेलप्रेमीहरूमा उत्साह जगाउने विश्वास व्यक्त गरेका छन्। खेलमा सहभागी हुन इच्छुक टोलीहरूका लागि दर्ता शुल्क ५,००० रुपैयाँ तोकिएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

आयोजकका अनुसार २४ टिमसम्म सहभागी हुन सक्ने सम्भावना रहेको छ। प्रतियोगितालाई सफल बनाउन विभिन्न संस्था तथा सहयोगी मनहरूको साथमा क्लबका सदस्यहरू सक्रिय रूपमा सहयोग जुटाइरहेका छन्।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अशोक बरालले यस प्रतियोगिता हुन लागेकोमा खुसी व्यक्त गर्दै वडाबाट सम्भव हुने सहयोग गर्न तत्पर रहेको बताए। साथै, दिपायल सिलगढी नगरपालिकाले पनि प्रतियोगितामा सक्दो सहयोग गर्ने जानकारी दिएको छ।

आयोजक क्लबका सदस्य दीपक कलेजले यो प्रतियोगिता स्थानीय खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने बताए। प्रतियोगिता मार्फत स्थानीय खेलाडीहरूलाई उत्साह दिनुका साथै खेलकुदको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.