सांसद ओलि द्वारा भारतको नयाँ दिल्लीमा 4th Dayal Sports Cup Taekwondo Championship – 2024 उद्घाटन

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

 

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित 4th Dayal Sports Cup Taekwondo Championship – 2024 को उद्घाटन सुदूरपश्चिम प्रदेशका माननीय सांसद शिव सिंह ओलीले गरेका छन्। प्रतियोगितामा भारतका विभिन्न प्रदेशका करिब ३०० खेलाडीले भाग लिएका छन।

जिल्ला वन डोटी

उक्त प्रतियोगिता दयाल स्पोर्ट्स द्वारा आयोजित थियो, जसको अध्यक्षता दयाल स्पोर्ट्सका प्रमुख अर्जुन दयालले गरे। कार्यक्रममा विभिन्न नेपाली प्रवासी संघसंस्थाहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथि सांसद ओलीले उद्घाटन समारोहमा नेपाल-भारतबीचको पुरानो मैत्री सम्बन्धलाई पुनः बलियो बनाउनुपर्ने र दुई देशबीच सह-अस्तित्व तथा राष्ट्रिय हितका आधारमा सुमधुर सम्बन्ध अगाडि बढाउनुपर्नेमा जोड दिए।

पोषण खाजा सम्बन्धि सन्देश

सांसद ओलीले खेलकुद जस्ता गतिविधिहरूले दुई देशबीचको भावनात्मक सम्बन्ध र मित्रता अझ बलियो बनाउने विश्वास व्यक्त गरे। खेलकुदको माध्यमबाट आपसी समझदारी र सहकार्यलाई बढावा दिने यस्ता प्रतियोगिताले दुवै देशका खेलाडीहरू र नागरिकहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उनले बताए।

उद्घाटन कार्यक्रममा नेपाली समुदायको व्यापक सहभागिता रहेको र खेलकुद मार्फत नेपाल-भारत सम्बन्धलाई अझै मजबुत बनाउने प्रयास गरिएको आयोजकले जानकारी दिए।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.