थारू समुदायमा मुसा मार्ने परम्परा घट्दै

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३, जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने काममा माहिर छन्। सानैदेखि सिकेको यो कला उनले अहिले पनि निरन्तरता दिएका छन्। अहिले धान भित्र्याइसकेपछि उनी फुर्सदमा मुसा मार्न व्यस्त छन्। यस कार्यका लागि उनले राजबहादुर र भागिरामको साथमा तीन जनाको टोली नै बनाएका छन्। बिहानैदेखि काँधमा फरुवा बोकेर मुसा मार्न जाने उनीहरू साँझ अबेर घर फर्कन्छन्।

थारू समुदायमा मुसा मारेर विभिन्न परिकार बनाउने पुरानै परम्परा हो। मुसाका परिकारहरू पाहुनालाई स्वागतका रूपमा पनि पस्किन्छन्। बन्धुरामले भने, “खान्कीमा मुसाको परिकार भएन भने खाना खाएकै रुच्दैन।” मुसा मार्ने यो परम्परा पुर्खौदेखि चल्दै आएको भए पनि आजभोलि यसको परिमाण घट्दै गएको छ। युवाहरू अन्य काममा व्यस्त हुन थालेपछि चालीस वर्षमाथिका वृद्धहरूले मात्र मुसा मार्न जाने गरेका छन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

धान काटिसकेपछि खाली खेतहरूमा मुसा पाइन्छन्। दिनभरमा २० देखि ३० वटासम्म मुसा मार्ने गरेको बन्धुराम बताउँछन्। खेतमै आगो बालेर पकुवा बनाएर खाने चलन पनि छ।

पहिलेको तुलनामा अहिले मुसाको सङ्ख्या निकै कम भएको छ। अङ्गनु चौधरीले पुराना दिन सम्झँदै भनिन्, “पहिले समूह बनाएर मुसा मार्न जाने चलन थियो। अहिले मुसा कम पाइन थालेका छन्।” थारू समुदायमा मुसा मार्ने परम्परा पुस्तौँदेखि चल्दै आए पनि वन क्षेत्रमा सिकार गर्न प्रतिबन्ध लागेपछि मुसा मार्ने परम्परा घट्दै गएको छ।

थारू समुदायले विशेषगरी गहुँ र धान भित्र्याइसकेपछि मुसाको सिकार गर्छन्। मुसाका मासुबाट चटनी, अचार, पकुवा जस्ता परिकार बनाइन्छ। रामप्रसाद चौधरीका अनुसार, अहिले गैर थारूहरूले पनि मुसाका परिकारप्रति रुचि देखाउन थालेका छन्। तर, पहिलाको जस्तो मुसा नपाइनुमा समुदायका बूढापाका असन्तुष्ट छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.